अस्पताल,अक्सिजन र जनशक्तिको अभाव नहोस्ः सर्वोच्च अदालत

काठमाडौं,सर्वोच्च अदालतले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन अस्पताल, स्वास्थ्यकर्मी , औषधी र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालालाई अन्तरिम आदेश गरेको छ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडक लगातयले दायर गरेको रीटमा सुनुवाई गर्दै सर्वोच्चले ‘आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरु सञ्चालमा ल्याउनु साथै अस्पतालहरुमा बिरामीहरुको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न’ भनी आदेश गरेको हो।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले नागरिकको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सम्बन्धी सरोकारहरुको व्यवस्थापनका लागि सरोकारवालाहरु सम्मिलित कार्यसमिति बनाउन समेत आदेश गरेको हो ।