कालिमाटी तरकारी बजार बन्द

काठमाडौं,कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोरोना महामारी न्यूनिकरण गर्नका लागि बजार बन्द गर्न लागिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले बताएको छ।

समितिले मंगलबार एक सूचना निकालेर आजैदेखि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने जनाएको छ। तर, थोक बजार र खुद्रा बजार क्रमशस् बुधबार र बिहीबारदेखि बन्द हुने छ।

यस्तै, थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ।