पूर्वराजा शाहले जिते कोरोना

कोमललाई आइसीयूबाट वार्डमा सारियो

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। नर्भिक अस्पतालमा पूर्वराजा शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ।

यस्तै,सोही अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ। स्वास्थ्यमा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।१८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।

यता, पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।