कंगना रनौतलाई कोरोना पुष्टि

एजेन्सी,बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन्।

उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन्।मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो।

आँखा पोलिरहेको थियो। मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु । उनले इन्स्टाग्राममा लेखेकी छन् ।