संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन

काठमाडौं,संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोरानाबाट निधन भएको छ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।