वैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण
प्रकासित मिति : २०७८ बैशाख २१, मंगलवार १४:०६
प्रकासित समय : १४:०६
काठमाडौं,वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ।संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले वताएको छ।
प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो।सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट बच्ने उपायका विषयमा चिकित्सकहरुसंग छलफल गरेका थिए।
छलफलमा सहभागी चिकित्सकहरुले संसदमा प्रवेश गर्ने सबैको अनिवार्य कोरोना परीक्षण गर्न सुझाव दिएका थिए।वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो।