अस्कर अवार्ड विजेता अभिनेत्री डुकाकसको मृत्यु

एजेन्सी,अस्कर अवार्ड विजेता अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको निधन भएको छ।डुकाकसको ८९ वर्षको उमेरमा निधन भएको हो।

सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि ओस्कार अवार्ड जितेकी ओलम्पियाको न्युयोर्क सिटीमा निधन भएको हो।ओलम्पियाले रगंमञ्चमा लामो र सम्मानित अवधि बिताइन् कलाकार तथा निर्देशकका रुपमा । उनले आफ्नो उमेरको ५० को दशकका मूनस्टकसहितका सफल सफल कमेडी चलचित्रमा काम गरिन्।

उनका भाइ अपोलो डुकाकसले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरी प्यारी दिदी ओलम्पिया डुकाकसको आज बिहान शनिबार न्यूयोर्क सिटीमा निधन भयो। धेरै महिना स्वास्थ्य समस्यासँग जुधेपछि अन्ततः दिदीले शान्ति प्राप्त गरेकी छन्।’सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्मिएकी ओलम्पियाले पछिल्लोपटक नेट्फिलिक्सको टिभी सिरिज टेल्स अफ द सिटीमा ट्रान्सजेण्डर ल्याण्डलेडीको भूमिका निर्वाह गरेकी थिइन् ।