कारोना प्रभावः पत्नीको शव साइकलमा बोक्न बाध्य

भारत,भारतमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण अन्यक थरिका दृश्यहरु देखिन थालेका छन् ।

यस्तै घटना उत्तर प्रदेशमा कोरानाको संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएका छन्। पहिलो घटना जौनपुरको हो भने दोस्रो घटना नोएडाको हो।

जौनपुर जिल्लामा भएको घटनामा कोरोनाबाट पत्नीको मृत्यु भएपछि एक वृद्धलाई सहयोग गर्न कोही आएन जसका कारण उनी शवलाई साइकलमा राखेर लैजान बाध्य हुन परेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यस्तै दोस्रो घटनामा बुवा संक्रमित भएपछि नोएडामा बस्दै आएका पश्चिम बंगालका एक परिवारलाई कसैलेपनि सहयोग गरेन। अस्पतालमा बुवाको मृत्युपछि उनकी १५ वर्षीया छोरीले प्रहरीको सहायतमा अन्तिम संस्कार गरेकी थिइन्।