भारतको प्रसिद्द पर्यटकीय स्थल गोवामा पनि लकडाउन

भारत,भारतकै सबैभन्दा प्रसिद्द पर्यटकीय स्थल मानिएको गोवामा पनि चार दिनको लागि लकडाउन गरिएको छ। महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिल २९ देखि मे ३ तारिक सम्म लुकडाउन गरिएको गूवा सरकारका मुख्य मन्त्रि प्रमोद सवंतले बताएका छन।

लकडाउनका कारण त्यहाँको मुख्य पेशाको रुपमा रहेको क्यासिनो क्षेत्र सबैभन्दा धेरै प्रभावित हुने भएको छ। उक्त क्यासिनो क्षेत्रमा कार्यरत नेपाली कामदार पनि प्रभावित भएका छन्। गोवाको सबैभन्दा उत्कृष्ट मानिएको बिग ड्यडि नामक क्यासिनोमा करिब पाँच सय नेपालि कामदार कार्यरत रहेका छन् उक्त क्यासिनो बिगत लामो समय देखि पानि जहाजमा संचालन हुदै आएको उक्त क्यासिनोमा कार्यरत नेपाली कामदार हरि बुढा क्षेत्रीले बताएका छन्।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय सबैभन्दा धेरै भारत प्रभावित भएको छ ।