भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कारोना पुष्टि

२४ घण्टामा ३२ सय बढीको मृत्यु

एजेन्सी,पछिल्लो समय भारतमा दिन प्रतिदिन कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ।भारतमा पछिल्लो २४ घण्टा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दिन प्रतिदिन कोरोना सङ्क्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या हालसम्मकै उच्च हो।गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । हालसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ । त्यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । हालसम्म सक्रिय सङ्क्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ।

भारतमा कोरोना संक्रमणका कारण महाराष्ट्रमा ८९५, दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।