भारतको एक अस्पतालमा आगलागी
प्रकासित मिति : २०७८ बैशाख १५, बुधबार १२:२२
प्रकासित समय : १२:२२
एजेन्सी,भारतको ठाणेस्थित एक अस्पतालमा आगलागी भएको छ । आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ।
ठाणे नगर निगमका अनुसार विहान ३ बजेर ४० मिनेटमा शहरको प्राइम क्रिटीकेयर अस्पतालमा आगो लागेको हो।एजेन्सी पीटीआईका अनुसार अस्पतालबाट २० बिरामीलाई सुरक्षित निकालिएको थियो जसमा ६ जना आइसीयूमा थिए।
अधिकारीका अनुसार अस्पतालमा कोरोनाका बिरामी भने भर्ना भएका थिएनन्।मृतकका परिवारलाई पाँचरपाँच लाख तथा घाइतेका लागि एकरएक लाख रुपैयाँ दिइने स्थानीय विधायन तथा मन्त्री जिन्द अव्हादले बताएको छन् ।