अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै अभिनेत्री सुस्मिता

काठमाडौँ,कोरोना दोश्रो लहरका कारण यती बेला सारा विश्वनै त्रसित बनिरहेको छ।केही देशहरूले कोरोनालाई नियन्त्रणमा ल्याउन लकडाउन गरीसकेका छन्।अन्य विकसित देश हेरिकन नेपाल र भारत भने कोरोनाको छायामा पहिलो नम्बरमा परेको छ।

हरेक दीन कोरोनाको सिकार हुनेको सङ्ख्या बढ्दो छ, त्यही माथि मृत्युदर पनि बढ्दो छ ।बाच्ने अवस्था रहँदा रहँदै नि अक्सिजन सिलिन्डरको अभावका कारण कयौँ मानिसहरूले अकालमा ज्यान गुमाउन बाध्य बनेका छन्।अक्सिजन अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्दै बलिउड अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएकी छन्।

सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर दिन लागेकी हुन् । अक्सिजन दीने व्यवस्था गरेता पनि आफूले अक्सिजन दिल्ली पु¥याउन नसकिएको बताएकी छन्। उक्त कुरालाई उनले सामाजिक सन्जाल ट्विटरमा व्यक्त गरेकी हुन् िउनले ट्विटरमा लेखेकी छन् “अहिले जताततै अक्सिजनको अभाव छ।यो निकै दुखद हो।

मैले केही अक्सिजनका सिलिन्डरको व्यवस्था गरेको छु । तर मुम्बईबाट दिल्लीसम्म पुर्‍याउने उपाय भेटिएन।कृपया मलाई सहयोग गर्नुहोला,”