इराकको कोभिड अस्पतालमा आगलागी

८२ जनाको मृत्यु

काठमाडौं,इराकको बग्दादस्थित कोरोना भाइरसका बिरामी उपचाररत अस्पतालमा आगलागी भएको छ।आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ।

बग्दादको आइविन खातिब अस्पतालमा भएको सो आगलागीमा १ सय जना भन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ।अक्सिजन ट्याङक विस्फोटबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रधानमन्त्री मुस्ताफा अल कादिमीले यो घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको सत्य तथ्य जाँच गरिने बताए। इराकमा १० लाख २५ हजार जनामा संक्रमण देखिएको छ।यहाँ १५ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ।