दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी

एजेन्सी,भारतमा कोरोना भाइरसको संक्रमणबाट दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।पछिल्लो चार दिनदेखि भारतमा २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित हुँँदै आएका छन्। गत २४ घण्टामा ३ लाख ४९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ।लगातार तीन लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो विश्वमा । अमेरिकापछि दोस्रो धेरै प्रभावित देशको रुपमा रहेपनि भारत पछिल्लो दिनमा धेरै प्रभावितमा परेको छ । यहाँ दैनिक औसतमा ३ हजारको मृत्यु भैरहेको छ।

पछिल्ला दिनमा राजधानी दिल्ली कोरोनाको केन्द्रबिन्दु बनेको छ । दिल्लीमा पछिल्लो दिनको आंकडा हेर्दा अप्रिल २२, २३ र २४ तारिखमा क्रमशस् २६१६९, २४३३१ र २४१०३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, गत २४ घण्टामा ३५७ जनाको मृत्यु भएको छ।दिल्लीमा अक्सिजनको कमी हुँदा मृत्युदर उच्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।दिल्ली सरकारले अन्य राज्यबाट आउने अक्सिजन रोक्दा मृत्युदर बढेको आरोप लगाएको छ । दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले केन्द्र सरकारले अक्सिजनको उचित मात्रा नदिएको आरोप पनि लगाएका छन्।

दिल्लीका अस्पतालहरूमा अक्सिजनको कमीको सवालमा केन्द्रीय स्वास्थ्य मंत्री डा। हर्षवर्धनले भनेका छन्, ‘दिल्ली सरकारलाई मागभन्दा धेरै अक्सिजन उपलब्ध गराइएको छ । अब यो उनीहरुमाथि छ कि यो कसरी निर्धारण गर्दछन् भनेर।’केन्द्र सरकारले दिल्लीलाई अक्सिजनको यातायातमा कुनै व्यवधान नहुने आश्वासन दिएको हर्षवर्धनले बताए।दिल्ली र महाराष्ट्रलगायत अन्य राज्यका उच्च अदालतहरूले पनि राज्य सरकारहरूलाई परिस्थिति नियन्त्रण गर्न निर्देशन दिएको छ।यसैबीच दिल्लीको महाराजा अग्रसेन अस्पताल गम्भीर बिरामी परेको कोरोना बिरामीहरूको लागि अक्सिजनको अभावको बारेमा उच्च अदालतमा पुगेको छ।

दिल्ली उच्च अदालतले सो मुद्धामा कठोर भनाई व्यक्त गरेको छ । अदालतले शनिबार भन्यो, ‘केन्द्र, राज्य वा स्थानीय प्रशासनका कुनै अधिकारीले अक्सिजन आपूर्तिमा अवरोध खडा गरेमा त्यसलाई फाँसी दिइनेछ।’अदालतले यस मुद्दाको सुनुवाईमा यो टिप्पणी गरेको हो।न्यायमूर्ति विपिन संघी र रेखा पल्लीको इजलासले अक्सिजनको पहुँचमा अवरोध खडा गर्नेलाई फाँसी दिइने बताए।अदालतले केन्द्र सरकारलाई भन्यो, ‘अप्रिल २१ मा दिल्लीमा हरेक दिन ४८० मेट्रिक टन अक्सिजन आपूर्ति गर्ने आश्वासन दिइएको थियो। यो कहिले लागू हुन्छ ? ’भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगिसकेको छ ।