ओमानद्धारा भारतीयलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौँ,कोरोना महामारीको दोस्रो लहरबाट अति प्रभावित भारतका नागरिकमाथि ओमानले प्रवेश प्रतिबन्ध लगाएको छ।भारतसँगै पाकिस्तान र बंगलादेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने निर्णय मस्कटमा भएको छ।

ओमानको सरकारी समाचार च्यानलले भारतीयमाथि लगाएको यात्रा प्रतिबन्धबारे जानकारी दिएको हो।कोरोना भाइरसको संक्रमण रोक्न गठित त्यहाँको उच्चस्तरीय समितिले दक्षिण एसियाका ३ मुलुकबाट जाने नागरिकलाई प्रवेश नदिने निर्णय लिएको हो।

पछिल्लो २४ घण्टाभित्र यी तीन देशका विमानस्थल हुँदै यात्रा गरेका यात्रीहरूसमेत ओमान जानबाट रोकिएका छन्।भारत, पाकिस्तान र बंगलादेशमा यतिखेर कोरोना संक्रमण व्यापक फैलिएको छ।