पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना पुष्टि भएको छ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरु दुवै जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुमा संक्रमण देखिएसँगै स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको बताइएको छ।