राज सागरको ‘कसो गरी भरौंला खै सपनाको झोली सार्वजनिक

काठमाडौँ, युवा गायककार राज सागरले फेरि बजारमा नयाँ गीत सार्वजनिक गरेका छन । गीतकार अमर वान्तुको शब्द र राज सागरको स्वर रहेको सपनाको झोली‘’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गरेका छन ।

गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ । भने अन्नत तिमिल्सिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्पर्शीरुपमा वैदेशिक रोजागरीको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।