वीर अस्पतालमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं, वीर अस्पतालमा आगलागी भएको छ । अस्पतालको पछिल्लो भागमा रहेको भवनको चौथो तलामा आगलागी भएको एक कर्मचारीले जानकारी दिएका छन् ।

विद्युत् सर्ट भएर अस्पताल भवनमा आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीका कारण अस्पतालमा विद्युत् अवरुद्ध बनेको छ । दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीबारे थप जानकारी आइसकेको छैन ।