भोलि नयाँ वर्षका दिन प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने ।