सीके राउत जनमत पार्टीको अध्यक्षमा निर्वाचित

काठमाडौं, चन्द्रकान्त (सीके) राउत जनमत पार्टीको अध्यक्षमा चयन भएका छन् । उनी सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष चयन भएका हुन् ।शनिबारदेखि शुरु भएको महाधिवेशनअन्तर्गत अध्यक्ष र महासचिव निर्विरोध निर्वाचित भएका हुन् । अरू पदमा भने निर्वाचन भएको थियो ।

स्वतन्त्र मधेस गठबन्धनका नामबाट पृथकतावादी गतिविध गर्दै आएका राउत सरकारसँग सम्झौता गरेर खुला राजनीतिमा आएपछि जनमत पार्टी गठन गरेका थिए ।

पहिलोपटक भएको पार्टीको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन् । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।

जनमत पार्टीको केन्द्रीय समिति अहिलेका लागि २५ सदस्यीय रहेन जनाइएको छ । २५ सदस्यीय केन्द्रीय समितिमा २३ जना सदस्यका लागि निर्वाचन भएको थियो । जनमत पार्टीको केन्द्रीय समितिमा ८ जना महिला अटाएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए ।