नाइजेरियाको जेलबाट १८०० कैदी फरार

काठमाडौं,नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन्।पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेर गएका हुन्।

सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ।

प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियस पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।