सुर्खेतमा धुमधामका साथ होली मनाइयो

यस्ता थिए दृष्यहरु

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धुमधामका साथ होली पर्व मनाइएको छ।वीरेन्द्रनगरका प्रमुख पर्यटकिय स्थल तथा मुख्य वजारको चोक चोकमा आफन्तहरु जमघट भएर रंगिविरंगी रंगहरु पोतेर होली मनाइरहेका थिए। कारोनाको त्रास देखाउदै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपनि स्थानियहरुले भने खासै नियम पालना गरेको जस्तो देखिदैन्थ्यो।

स्थानियहरु खुल्ला रुपमा हर्ष उल्लासका साथ होलीमा रमाइरहेका थिए। कतै नाच गान त कतै पिकनिकमा रमाएका दृष्यपनि देखिन्थे। वीरेन्द्रनगरको लाटिकोईली वस्ने तारा वस्नेत वताउछिन् सर्वसाधारणहरुलाई लकडाउनको नामै सुन्दा वाक्क लाग्ने गरेको छ।लामो समय लकडाउनको मार खेपेका स्थानिय यो पटकको होलीमा भने खुलेरै रमाएका थिए।वजारमा भेटिने जतिका अनुहारमा रातो,हरियो,पहेँलो,निलो आदि रंगहरु पोतिएकै थिए। जसले वजारको रौनकतानै वदलेको जस्तो भान भएको थियो।

होलीमा आ आफ्नो साथिभाइहरुको हुलनै वाँधेर हिडिरहेका दृष्यहरुपनि थुप्रै देखिन्थे।पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले साथिभाई तथा आफन्तहरुविच दुःख सुख साटासाट गर्ने अवसर पनि भएको र यो अवसर अहिले अलि विकृतीको रुपमा मौलाउदै गएकोमा चिन्ता व्यक्त गरे।

हाेलीकै अवसरमा टिकटक वनाउनेहरुको जमात अलि वाक्लो थियो। फोटो खिचिरहेका उनिहरुले एकछिन भएपनि कोरोनालाई भुलिसकेका थिए। कोहि सवारी साधनमा होली खेल्दै रमाएका थिए भने कोहि पैदल यात्रा गर्दै रंग दल्दै हिडिरहेका थिए।गत वर्ष होली पर्व मनाउन नपाएका स्थानियहरु यो वर्ष भने निक्कै हर्षित देखिन्थे।