संसद् भवनभित्रको यौनजन्य भिडियो सार्वजनिक

काठमाडौं,अष्ट्रेलियाको संसद् भवनभित्रैको यौनजन्य गतिविधिको भिडियो सार्वजनिक भएको छ।सार्वजनिक भएको भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ । उक्त गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र फोटो पनि सार्वजनिक गरिएको छ।

संन्चार माध्यमका अनुसार केही सरकारी कर्मचारीहरुले फेसबुकको म्यासेन्जरमा एउटा ग्रुप बनाएको र उक्त ग्रुपमा उनीहरुले संसद् भवनमा भएका यौनजन्य क्रियाकलापको तस्वीर तथा भिडियो शेयर गर्ने गरेका थिए।यी नयाँ भिडियोलाई एक पूर्व सरकारी कर्मचारीले अष्ट्रेलियाली मिडियालाई प्रदान गरेका हुन्।भिडियो एक ह्विसलब्लोअरको तर्फबाट लिक गरिएको हो। भिडियो सार्वजनिक भएपछि अष्ट्रेलियाका महिला सांसद र सर्वसाधारणको तर्फबाट सरकारको विरोध एकपटक पुनः तात्तिएको छ।

सरकारले समयमा नै कारवाही नगर्दा मानिसहरु रिसाएका छन्।गत महिना संसद् भवनकी एक महिला कर्मचारीले आफ्ना सहकर्मीले आफूलाई संसद भवनभित्रै बलात्कार गरेको आरोप लगाएकी थिइन्।उनले आफूमाथि दुई वर्षअघि यो घटना घटेपनि प्रहरीमा उजुरी नदिन आफूलाई दबाब दिइएको बताएकी थिइन्। त्यसपछि अन्य केही महिलाले पनि आफ्नो मुख खोलेका थिए।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भिडियो सार्वजनिक गर्ने कार्य घृणित भएको बताएका छन्।संसद् भवनभित्रको यौनजन्य क्रियाकलापको भिडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री मौरिसनले संसद् भवनमा यस किसिमको गतिविधि तत्काल रोकिनुपर्ने बताएका छन्।