सपनाले बिथोलिएको जिन्दगी

स्कुले पोशाक लगाउने रहर मेटिन नपाउँदै किताबको झोला पुरानो घरको एक कुनामा थन्काएर हरियो राहदानी दाहीने हातले च्यापेर देब्रे हातको काधमा एकजोडा कपडाको झोला बोकेर आँखामा कयौं रंगीन सपना अनि मुटुमा बाआमा गाउँ समाज र देशको अथाह प्रेम बोकेर घरको मूल ढोकाबाट निस्कँदै गर्दा आँखाबाट तप्प आँसु झरेर चिउँडो सम्म पुगेर दाहिने हातको औँलाले सलक्क पुछ्दै बिदाइका हात हल्लाउँदै धमिला आँखा र गरुङ्गो मन लिएर विदेश भासिएको हूँ।

करिब एक दिनको बाटो हिँडेर काठमाण्डौको लागि रात्रि बस् चढेर करिब चौबीस घण्टा अनवरत गुडे पछि बस् राजधानीको माछापोखरी स्थित नयाँ बसपार्कमा आएर रोकियो। बिरानो ठाउँ बिराना मान्छे बिरानो शहर सबै बिरानो लाग्न थाल्यो। एउटा होटेलमा गएर बास बसे काठमाण्डौ पुगेको एक सातापछि कतारको लागि मेरो टिकट पक्का भयो। २०७२ साल चैत्र २६ गते मध्यान्नको १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गेटबाट धमिलो मन आखामा हजारौं सपना र मुटुभरी देशको अपार माया अनि थोत्रो झोला र हरियो राहदानी बोकेर म कतार उडेको हूँ। साढे चार घण्टाको कालो बादल माथिको यात्रापछि म कतार स्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भए। त्यहाँ अवतरण गरेको करिब पाँच घण्टापछि म कम्पनीमा पुगे जीवन चलिरहेको थियो जसोतसो खाडीको तातो गर्मी बिरानो देश अनौठो रहनसहन नबुझिने भाषा यी सबैलाई जसरी पनि झेल्नु थियो।

र दुःख सुख जे जसरी भए पनि करिब तीन वर्ष कतारको बसाई सकेर दुई महिनाको बिदामा घर आएको म बिदा सकेर पुनः कतार फर्किने तयारीका साथ घरबाट राजधानी शहर काठमाण्डौ छिरेको थिए। भनिन्छ नी समयले ठग्न थाल्यो भने स्वयम् भगवानको पनि केही लाग्दैन भनेर। जतिबेला म कतार जानको लागि काठमाण्डौ छिरेको थिए ठीक त्यति नै बेला नेपाल सरकार र जापान सरकार बीच एक सम्झौता भएको थियो जुन नेपाली युवाहरु कामदार भिसामा निशुल्क रुपमा अर्थात् (जी टू जी)मार्फत नेपाली श्रमिकहरु जापान जान पाउने भनेर दुई देश बीच भएको सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसैबेला मेरो मन पनि लोभियो खाडीको त्यो तातो घाममा पानिबिनाको माछा जसरी तड्पिन जानुभन्दा जापानी भाषा पढेर म बरु जापान नै जान्छु भन्ने मनसायले कतारको भिसा रद्द गरेर बागबजार र पुतली सडकका हरेक गल्ली गल्ली र प्रत्येक कन्सल्ट्यान्सी मा गएर भाषा सम्बन्धी बुझ्न सुरुवात गरे सबैले ठूला ठूला आश्वासन र भ्रम देखाए।

अन्त्यमा बागबजार स्थित ९फर्विड एजुकेशन कन्सल्टेन्सी० मा जापानी भाषा अध्ययन गर्न थाले। दिनहरु बित्दै थिए भाषा कक्षा निरन्तर रुपमा चलिरहेको थियो। यसै बीच जापानको लागि कामदार भिसा सम्बन्धी हरेक दिन फरक फरक समाचार आउन थाले। करिब छ महिना जापानी भाषा अध्ययन गरेपछि जापान जाने कुनै टुंगो लागेन न त जापानले लैजाने प्रक्रिया अगाडि बढायो न त नेपाल ले नै अन्त्यमा केही सीप नलागी मैले द्दण्द्दण् को बउचष् िष्लतबपभ को लागि विद्यार्थी भिसामा एप्लाई गर्दिन कन्सल्ट्यान्सी कहाँ निवेदन गरे। त्यसपछि फेरि ध्यान भाषा अध्ययन तिर नै फर्कियो। पढाइ राम्रै चलिरहेको थियो। दिनहरु बित्दै गए कहिलेकाहीं अतिनै डर लाग्दथ्यो की जापान बाट मेरो भिसा नै न आउने पो हो कि रु बेकारमा समय खेर जाने पैसाको नोक्सान हुने पो हो कि भन्ने खुबै पिर लाग्थ्यो। अन्त्यमा जापान बाट ऋइभ् पनि आयो अब भने जापान जाने लगभग पक्कापक्की भइसकेको थियो।

कन्सल्ट्यान्सीले बेला बेला कलेज शुल्क को लागि पैसा तयारी गर्न भनेर आदेश जारी गरिरहन्थ्यो। अब पैसा पनि जसोतसो ऋण सापट गरेर जम्मा गरे। कागजात नेपाल स्थित जापानी दुतावासमा पेश गर्ने समयमा मेरो जीवनकै ठूलो पहिरो बनेर आयो ९कोरोना भाइरस कोभिड( ज्ञढ ० र त्यसपछि पुरै विश्व तरंगित बन्यो हरेक नाका सिल भए देशमा लकडाउन भयो विश्वका सिमानाहरु बन्द भए लाखौं मानिसको मृत्यु भयो करोडौं कोरोना संक्रमित बने। विश्वको अर्थतन्त्र धरापामा पर्यो। त्यसको सिकार नेपाल पनि भयो। लाखौंले रोजगार गुमाए हजारौंले व्यापार व्यवसाय बाट सन्यास लिनुपर्यो। देशको आर्थिक राजनीतिक र सामाजिक अवस्था नराम्ररी प्रभावित भयो। त्यसको प्रतक्ष्य असर मलाई पनि पर्न गयो विश्व कोरोना संक्रमित बनेपछि नेपाल र जापान ले पनि लक डाउन जारी गर्यो।

सिमाना बन्द भए प्लेन उड्नै छोडे। नेपालीहरु विदेशबाट दैनिक हजारौंको संख्यामा नेपाल भित्रिन थाले। नेपालमा भएका विदेशी नागरिक आआफ्नो देश फर्किए नेपाल सरकार र सम्बन्धित देशको सहयोगमा। देशमा लक डाउन अनिश्चित रुपमा लागू भयो कहिले एक साता कहिले दुई साता त कहिले एक महिना यस्तै क्रम चल्दै जाँदा करिब एक वर्ष बितिसकेपछि नेपाल लगायत अन्य देशहरूमा लगाइएको लक डाउन केही खुकुलो भयो तर पनि पूर्ण रुपमा हटेन। २०७७ असोजदेखि भने देशमा लक डाउन अन्त्यको घोषणा भयो। जीवनस्तर केही सहज बन्यो। तर मेरो सपनाको देश जापानमा भने झन् झन् कोरोना संक्रमित बढ्न थालेपछि जापान सरकारले आपतकाल घोषणा गर्यो।

असोज यता केही खुकुलो भएपछि जापान बाट कलेजले कलेज शुल्क पठाउन आदेश जारी गर्यो। जसोतसो जम्मा गरेको पैसा पठाए। दूतावासले भिसा लिनको लागि निश्चित दिन पनि तोक्यो। 2020 december 28 मा नेपाल स्थित जापानी दुतावासमा भिसा लिन आउन भनी ईमेल मार्फत जानकारी गरायो। अब मलाई लाग्यो जापान जाने अवसर खुल्यो। तर फेरि भाग्यमा के पो लेखिएको रहेछ। 28 december  देखि जापानले पुनः एक महिनाको लागि विश्वका सबै सीमा नाकाहरु बन्द गर्यो। मलाई खान लागेको गाँस कसैले खोसिदिए झैं लाग्यो। बिस्तारै जापानले आपतकाल घोषणा गर्यो र त्यसलाई निरन्तर थपिरह्यो।

अहिले मलाई घर परिवार ईस्ट मित्र साथीभाइ हरेकले सोध्ने गर्छन् फलाना जापान कहिले जान्छस्रु कहिले छ तेरो उडान ? तँ अझै यतै रहेछस् जापान गयो भनेको सुनेको थिए के भयो ?  की दलालीले पैसा खाएर भाग्योरु म कसरी सम्झाउ की यो मेरो समस्या होइन भनेर। यता म भने कुन दिन त्यो समुन्द्र पारिको देशमा पुगुला र दुईचार पैसा आर्जन गरौंला भनेर दिनरात ननिदाई बसिरहेछु।

मनिस क्षेत्री कुशे ८ जाजरकोट हाल काठमाडौँ