तारादेवि घर्ती ‘तपस्या’का ६ मुक्तक

मुक्तक
आमा तिमिलाई रुवाउने रहर कहाँ छर ?
दुख बिना त सुखको नि लहर कहाँ छर?

छन धेरै सपनाहरू एकदिन पूरा गर्नुपर्ने,
माया ले मात्रै पुग्ने खोइ शहर कहाँ छर?

मुक्तक
खाइ बाचा कसम अनि प्रीत नयाँ लाउँला,
बनौला नमुना जोडी तब गीत नयाँ गाउँला।

समाजले के भन्ला भन्दै कति डराइ सक्नु?
जिति डर पिरलाई हामी रित नयाँ लाउँला।

मुक्तक
रिति तिथि सस्कृती लुक्न दिने छैन आमा,
खराब सोच दिमागमा पुग्न दिने छैन आमा।

के सकौँला र खोइ ऋण तिर्न मैले हजुरको
गर्छु कोसिस त्यो सिर झुक्न दिने छैन आमा।

मुक्तक
पलपल मा तिम्रै आभास पाउँछु भन्ने मान्छे,
सपनामा पनि तिम्रै बस्ती धाउँछु भन्ने मान्छे।

खै कसरी बिर्सियो उसले आज बुझ्न सकिन,
जुनिजुनि नमेटिने माया लाउँछु भन्ने मान्छे।

मुक्तक
मन भन्दा बुहारिको मिल्ने थर चाहिन्छ अरे,
दाइजो बुवाको जमिन साथै घर चाहिन्छ अरे।

भनेको सम्पती नदिए मण्डपमै रोकिन्छ बिहे
मागेको सबै पूरा दिन्छु भन्ने भर चाहिन्छ अरे।

मुक्तक
उ मनैभरी अनगिन्ती चोट लिएर गयो,
कहिले पनि नमेटिने खोट लिएर गयो।

चाहेरै पनि आखिर रोक्न सकिन मैले,
आस्था बिश्वास सबै थोक लियर गयो।