सगरमाथा चढ्न नेपाल आयो बहराइन राजपरिवारको टोली

काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आईपुगेको छ । सोमबार बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर उनीहरु नेपाल आइपुगेका हुन्।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ ।सगरमाथा आरोहरणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकस प्रालिले गरेको छ।

सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।