विप्लव र पूर्वसभामुख महरा बिच भेटबार्ता

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले आइतवार नेता महरालाई भेटेका हुन् । विप्लव खुल्लाभएदेखि नै राजनीतिक भेटघाटमा लागिरहेका छन् ।

शनिबार मोहन बैध्य किरण सहितका संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेतासँग छलफल गरेका थिए ।पूर्वसभामुख महरा नेकपाका महासचिव विप्लवका विद्यालयकालका शिक्षक तथा राजनीतिक गुरु समेत हुन् ।