ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा

काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी दिए ।

उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकट थिइन् । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र पार्टी हित विपरीत कार्य गरेका कारण आफूले उक्त समूह छाडेको उनले प्रतिक्रिया दिएकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आजबाट संसदको सातौं अधिवेशन शुरु हुँदैछ ।

संसद अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने र नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी रहेको हुँदा तटस्थ अवस्थामा रहेका सांसदहरु को कता लाग्छन् भन्ने निकै महत्वपूर्ण मानिएको छ । सांसद पाख्रिनलाई ओली पक्षमा ल्याउन निवासमै पुगे मन्त्री गुरुङ्गसञ्चारमन्त्री पार्वत गुरुङले आइतबार निवासमै पुगेर सांसद शान्ति पाख्रिनलाई ओली पक्षमा ल्याउन प्रयास गरेका छन् ।

नेकपाको विवादमा तटस्थ रहँदै आएकी प्रतिनिधि सभाकी सांसद शान्ति पाख्रिन प्रचण्ड–नेपाल पक्षतर्फ नलागुन् भनेर सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ उनकै निवास पुगेका हुन् । सञ्चारमन्त्री गुरुङ आइतबार बिहान काठमाडौंको काँडाधारीस्थित पाख्रिनको निवासमै पुगेर तीन घण्टा बसेर फर्केको स्रोतले जानकारी दिएको छ । पाख्रिन समानुपातितर्फकी सांसद हुन् ।

गुरुङ र पाख्रिन दुवै दोलखाका नेता हुन् । लामो समयदेखि ओली पक्षमा रहँदै आएकी पाख्रिन पछिल्लो विवादमा तटस्थ रहेपछि ओली पक्षले उनलाई प्रचण्ड–नेपालतर्फ जानबाट रोक्न खोजेको हो ।