हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

काठमाडौं,चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ ।

हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना रहेको छ । कडा सुरक्षा कानुन लागु गरेलगत्तै चीनले यस्तो निर्णय सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा दखल नदिन विश्व समुदायलाई चेतावनी दिए ।

यूरोपेली युनियन, हङकङका पूर्व गर्भनरलगायत चीनको पछिल्लो कदमको विरोध गरेका छन् । चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक, दुई प्रणाली अनुसार सञ्चालित छ । एजेन्सी