मुस्कानले जितिन् ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड

काठमाडौं,मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज(इडब्लूओसी)अवार्ड जितेकी छन्।काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।

हिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो। यो अवार्ड पाउने १५ वर्षीया खातुन पहिलो नेपाली हुन्।यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी अवार्ड पाउने व्यक्ति पनि वनेकी हुन्।

दूतावासका अनुसार खातुनलाई अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच उक्त अवार्ड प्रदान गर्नेछन्।प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै गत वर्ष विद्यालय जाँदै गर्दा खातुनमाथि तेजाब आक्रमण भएको थियो।