अफगानिस्तानमा सेनाको हवाई कारबाही

२३ लडाकू मारिए

एजेन्सी,अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन्।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताए अनुसार उक्त कुरा पुष्टि भएको हो।यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन्। फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।