प्रेस संगठन बाँकेको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

८ वुदे राप्तिसोनारी घोषणा पत्र जारी

बाँके, प्रेस संगठन नेपाल बाँकेको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा ३७ जना पत्रकारलाई सपथग्रहणका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।साथै आयोजित उक्त शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा सरकार समक्ष विभिन्न मागहरु राख्दै ८ बुँदे राप्तीसोनारी घोषणा पत्र जारी समेत गरेको छ ।

 

घोषणा पत्रमा प्रेस स्वतन्त्रता सेनानी स्व.श्री राम गोपाल बैश्यको शालिक सहितको चौक नेपालगन्जको उपयुक्त स्थानमा स्थापना गर्नुपर्ने माग गरेको छ । साथै कोरोनाको कारण साना लगानीका मिडिया धरासायी हुने अवस्थामा पुगेका कारण श्रमजीवी पत्रकारको पेशा नै धरापमा पर्न गएकाले पत्रकारिता क्षेत्रका लागि अनुदान, लेखन बृत्ति र क्षमताबृद्धिका कार्यक्रम संचालन गर्नु पर्ने माग गरेको छ ।
त्यस्तै पत्रकार परिचय पत्र उपलब्ध गराउन, नविकरण गर्न र लोक कल्याणकारी बिज्ञापन वापतको रकम भुक्तानी गर्ने परियोजनका लागि जिल्ला हुलाक कार्यालयलाई पुर्ण रुपमा अख्तियारी दिनु पर्ने, सवै प्रकारका मिडियालाई समानुपातिक बिज्ञापन उपलब्ध गराउन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग माग गरेको छ ।

लकडाउनका कारण समय मै बिल उपलब्ध गराउन नसक्दा लोक कल्याणकारीका भुक्तानी नपाएका मिडियालाई रकम उपलब्ध गराउनु पर्ने, सत्ताधारी दल र राज्यका निकायबाट कुनै पनि बहानामा हुने प्रेस स्वतन्त्रता बिरोधी गतिबिधी अविलम्ब बन्द गरिनु पर्ने, सिक्टा सिंचाई आयोजनालाई समय मै सम्पन्न गर्न र सिक्टा सिंचाईको मुल बांधस्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नु पर्ने र थारु आदिवासी जनजाति, मधेशी र मुस्लिम संग्राहलय बाँकेमा स्थापना गर्नुपर्ने समेत माग गरेको छ ।