पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै
प्रकासित मिति : २०७७ फाल्गुन १०, सोमबार १३:४४
प्रकासित समय : १३:४४
काठमाडौँ,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदै छ ।
आज दिउँसो १स्३० बजे उनको स्वास्थ्य परीक्षण डा प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात् मात्रै रोगको निर्क्योल हुनुका साथै उपचारबारे के–कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।