बेचविखनको आरोपमा कुवेतमा सात नेपाली पक्राउ

काठमाडौं,  कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन् । घरेलु कामदारलाई भगाएर अर्को साहुलाई बेचेको आरोपमा कुबेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोपमा सात नेपाली महिलालाई पक्राउ गरिएको कुवेतबाट प्रकाशित अरब टाइम्सले जनाएको छ । पक्राउ परेका नेपाली महिलालाई मानव बेचबिखनसम्बन्धी कानुन अनुसार कारबाही हुने कुबेत प्रहरीले जनाएको छ ।