मृगौला पिडित पुर्वलडाकु बोहरालाई पचालझरनाले गर्यो आर्थिक सहयोग

कालीकोट, पचालझरना गाउँपालिकाले मृगौला पिडित पूर्व जनमुक्ति सेनाका नरेन्द्र बोहरालाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको छ । पचालझरना गाउँपालिकाको कार्यपालिका बैठकबाट कालीकोट जिल्ला स्थित नरहरिनाथ गाउँपालिका ८ लालु निवासि नरेन्द्र बोहोरा अभियानलाई रु १५ हजार आर्थिक सहयोग गरेको हो ।

बोहरा लामो समयदेखि मृगौला पिडित भएर उपचार गरिरहेका छन् । आर्थिक अवस्था न्युन भएकाले उपचारमा कठिन भइरहेको बेला पचालझरना गाउँपालिकाले उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग स्वरुप रु १५ हजारको चेक नरेन्द्र बोहोराको खातामा जम्मा हुने गरी सहयोग गरेको बताइएको छ ।

पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले आफनो फेसबुक वालमा भनेका छन धेरै सकियन भाई नरेन्द्र पुर्ब पिएल एको भावना र मृर्गौला समस्याले छट्पटी अनि आर्थिक अभाब रहेको भन्ने खबरले पिडाबोध नै भयो । तसर्थ केबल सामान्य मलम र इट्टा थपियोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको छ ।

मृगौला पिडित नरेन्द्रका लागि सहयोग गर्ने पचालझरना गाउँपालिका पहिलो गाउँपालिका रहेको बताइएको छ ।