कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भयो – इश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् ।

 

नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए ।

नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालिन प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए । उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि परिरहने बताए ।