म्यान्मारको सेनाविरुद्ध कदम चालिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौँ, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् ।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् भने त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्। बाइडेनले म्यानमारको सैनिकलाई टेलिफोन र इन्टरनेटमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन पनि भनेका भनेका छन्।म्यानमारको सेनाले सोमबार नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई नियन्त्रणमा लिएर शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकालको घोषणा गरेको छ ।

त्यसपछि म्यान्मारमा अन्योलको स्थिति उत्पन्न भएको छ । उक्त सैनिक कूको विश्वभरिबाट निन्दा भइरहेको छ।संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।