प्रमिशा अभिनित तिम्रो सम्झनामा भिडियो सार्वजनिक

काठमाडौं, कनका सुन्दरी फिल्मस्को प्रस्तुतीमा प्रमिशा कसेरा अभिनित तिम्रो सम्झनामा नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको स्वर रहेको गीतमार्फत निर्देशक विजय लामाले माया पिरतिमा धोका खाएको पिडालाई देखाउन खोजेका छन्।

तिम्रो सम्झनामा नामक गीतमार्फत आफुले माया गरेको मान्छे टाढा हुदा भोग्नुपर्ने पिडा दर्साएको छ । अभिनेत्री प्रमिशाले एक दर्जन भन्दा बढि म्युजिक भिडियो समेत अभिनय गरिसकेकी छन् । सो गितमा शब्द मदन रोकाय , म्युजिक पदम रोकाय , एरेन्ज कमल सौरागको रहेको छ ।

भिडियोमा प्रमिसालाई राज मैनालीले साथ दिएका छन भने प्रेम खनालकोे. छायांकन रहेको उक्त भिडियो रमेश रसाइलिले सम्पादन गरेकोे गितलाई कनका सुन्दरी फिल्मस्ले सार्बजनिक गरेको हो ।

भिडियो