कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला

अब्दाली, कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला परेको छ । मृतकको कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिमाबाट करिब दुई किलोमिटर टाढा भेटिएको कुवेतको फौजदारी घटना विभागले जनाएको छ ।

विभागका एक अधिकारीले दिएको जानकारी अनुसार उक्त व्यक्ति कथित रूपमा मारिएको र उसको अवशेष बालुवाले ढाकेको अवस्थामा फेला परेको बताएका छन् । जंगली कुकुरहरूले उक्त स्थानमा उत्खनन् गरेपछि घटना सार्वजनिक भएको ती अधिकारीले बताए ।

कुवेतको आन्तरिक मन्त्रालयलाई एक कन्ट्र्याक्टि कम्पनीमा काम गरिरहेका एक प्रवासीको फोन गरेर आफू काम गर्न जाँदै गर्दा मानव खप्पर देखेर प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धान विभागले उक्त स्थानमा थप कर्मचारी पठाएर हत्याराको पहिचान गर्नको लागि काम गरिरहेको जनाएको छ । साथै हत्यारा अझै कुवेमै वा मुलुक छोडिसकेको छ भन्ने बारे पनि अनुसन्धान भैरहेको मन्त्रालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।मृतक केही महिना अघिदेखि हराएको र प्रहरीलाई रिपोर्ट गरिएको थियो। उनी को हुन् भन्ने बारे नखुलाएको प्रहरीले अनुसन्धान भैरहेको जनाएको ।