पत्रकार बिधार्थी संगठनद्धारा ३ दिने आधारभुत पत्रकारिता तालिम संचालन

कोहलपुर, पत्रकार बिद्यार्थी सगठन, नेपाल जिल्ला संगठन समिति बाँकेको आयोजनामा तिन दिने आधारभुत पत्रकारिता तालिम सन्चालन गरेको छ ।

मंगलबार औपचारिक कार्यक्रमको बिच बाँकेको कोहलपुरमा उक्त तालिमको उदघाटन गरिएको हो । पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेका अध्यक्ष किशोर शाहीको सभापतित्वमा सन्चालन भएको कार्यक्रमको प्रमुख अथिती संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले गरेका थिए । कार्यक्रमका प्रमुख अथिति गैरेले पानसमा बति बालेर तालिमको उद्घाटन गरे ।

तिन दिन सम्मको लागि सचालित आधारभुत पत्रकारिता तालिमको लागी प्रशिक्षकहरु पत्रकार रुद्र सुवेदी, कमल न्यौपाने, रामु वलि लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । पत्रकारिताको लेखन बिकास, स्वतन्त्र, निस्पक्ष र पार्दर्शिता लेखनको लागि उक्त तालिमको आयोजना गरिएको पत्रकार बिधार्थी सगठन बाकेका अध्यक्ष किशोर शाहीले बताए ।

उद्घघाटन समारोहमा बिमला बिकले सुभकामना मन्तब्य राखेकी थिईन । उक्त तालिममा दर्जनौ प्रशिक्षार्थी पत्रकार तथा समाजसेवीहरु सहभागिता रहेको थियो । कार्यक्रमको सचालन भने भावुक सघर्षर्ले गरेका थिए ।