महिला सामूहिक कृषि खेती कार्यक्रमको उद्घाटन

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतको महिला सामूहिक कृषि खेती कार्यक्रमको आज उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुबेदीले एक समारोहका वीच कृषि खेती कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले वीरेन्द्रनगरको यो स्थानमा कृषिकालागि १ विगाह जग्गा प्राप्त गर्नु नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो ूवडाले गरिदिएको छ अनुगमन हुनेवेला सम्म मात्र काम गर्ने भए आजदेखि छोडी दिनुस । त्यसैले मेहेनतका साथ काम गर्नुहोस, सबैकुरालाई सिष्टम अनुसार काम गरे सफल भइन्छ ।

तपाईहरुको यही वडामा कृषि अध्ययन हुने विद्याल पनि भएकोले यो खेतीलाई अध्ययन केन्द्र पनि बनाउने तर्फअग्रसर हुनुहोस ।ू नगरप्रमुख सुवेदीले भन्नुभयो ।  त्यस्तै कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै वडाले कृषीमा लगानी गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ संक्रमणको समयमा भोकमरी हाहाकारको स्थितिलाई मध्यनजर गरेर उत्पादनमुख कार्यको शुरुवात हामीले गरेको हौं । अब यो बर्ष थप अरु जग्गा भाडामा लिएर अरु उत्पादनमुखी काम गर्ने वडाको योजना रहेको छ ।ू
यसैवीच आज नै वीरेन्द्रनगर नगरपालिका ९ नं वडाको शिव मन्दिर नजिकै कृषि तथा पशुपन्छी संकलन केन्द्र संचालनमा आएको छ ।
संकलन केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले नवनिर्मित संकलन केन्द्रलाई कार्यविधी बनाएर संचालन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो ूभएको संचरचनाको सही सदुपयोग हामी सबै गर्न सकेमात्र जीवनस्तर परिवर्तन हुन्छ ।

समाज जागरण केन्द्र स्याक नेपाल सुर्खेतका कार्यकारी निर्देशक टिकाराम आचार्यले वडाको सहयोग तथा जनश्रमदानमा संकलन केन्द्रको निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

संकलन केन्द्रमा विशेषत स्थानीयस्तरमा उत्पादन गरिएका अर्गानिक तरकारीहरु सुपथ उपलब्ध हुने केन्द्रका संयोजक सुजा रोकायले बताउनुभयो । उहाँ भन्नुहुन्छ ूयसबाट ग्राहकले पनि स्वस्थ तरकारी उपभोग गर्न सक्नुहुन्छ भने किसान पनि विचौलियाबाट जोगिने छ ।ू