रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामाबाद, पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । टिकटक बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।

पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको हो । रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।