नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ ९, शुक्रबार १६:४४
प्रकासित समय : १६:४४
काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार ३४८ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ८६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।