बाइडेनको सपथ समारोह चर्चामा

लेडी गागा र २२ वर्षीया कविको प्रस्तुती

काठमाडौँ, जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उपराष्ट्रपति कमला ह्यारिसले पनि जो बाइडनसँगै पदको सपथ लिएकी थिईन् ।

उक्त समारोहमा विशेष सांगीतिक कार्यक्रम पनि भएको थियो । समारोहमा थुप्रै हस्ती कलाकारको उपस्थिती थियो । त्यसैबिच पप स्टार लेडी गागाले पनि प्रस्तुति दिएकी थिइन् । अमेरिकाको राष्ट्रगान गाएकी उनको त्यो बुलन्द आवाजतिर सबैको ध्यानाकर्षण भयो । त्यतिमात्र नभए र उनको पहिरनले पनि चर्चा पाएको थियो । उनले शान्तिको प्रतिकको रुपमा आफ्नो पहिरनमा परेवाको ब्याच लगाएकी थिइन् ।

यस्तै, सोही सपथ कार्यक्रममा कविता वाचन गरेकी एक २२ वर्षीया युवतीको पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उनी थिइन्, आमन्डा गोर्म्यान । उनले ‘द हिल वी क्लाइम्ब’ शीर्षकको ५ मिनेट लामो कविता वाचन गरेकी थिइन् । उनको कविता र वाचन शैलीबारे धेरैले प्रशंसा गरेका छन्। अमेरिकी राष्ट्रपतिको सपथमा कविता वाचन गर्ने उनी अहिलेसम्मकै कान्छी कविसमेत हुन्।