अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेनले आज शपथ लिदै

टम्प नजाने, संसद् भवनमा कडा सुरक्षा

काठमाडौं, अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन् । यस पटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन ।यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ।

अर्को कुरा यो नै पहिलोपटक हो, आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको हो । किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गरा ए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु समेत भयो ।

यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् ।

के–के हुन्छ शपथ ग्रहणमा ?

–चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् ।

–शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् । राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कने छन् । ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ । एजेन्सी