तीन महिनापछि सार्वजनिक कार्यक्रममा अर्बपति ज्याक

एजेन्सी, चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार भिडिओ कन्फरेन्समा देखा परेका थिए ।

ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रमा भर्चुअल सम्बोधन गरेका थिए । लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए।

पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।