टोपी लगाउँदा चाया पर्ने समस्या छ ? यसरी बच्नुस्

काठमाडौँ , टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ ।चिसोबाट बचाउन टोपी लगाउँदा पनि चाया पर्ने समस्या हुन्छ त्यसैले यस्ता उपाय अपनाउनुभयो भने चायाबाट छुटकारा पाउन सकिन्छ ।

कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चाया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।एलोभेरा जेलः नुहाउनुभन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

दहीः कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।प्याजको रसः प्याजको रस कपालमा लगाउँदा यसमा पाईने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ । प्याजको रस सही रुपमा प्रयोग गर्दा कपाल चम्किलो र सिल्की बन्छ । प्याजको रसमा पाईने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ ।

यस्तो छ प्याजको रस बनाउने विधिः

– पहिले प्याजलाई ताछेर धुनुहोस् ।

– छोटो–छोटो टुक्रा बनाउनुस् ।

– काटिसकेपछि पिस्नुहोस् ।

– यसपछि यसलाई जालीमा राखेर छान्नुहोस् ।

– प्याजको रस रेडी हुन्छ ।

– अब कपालमा लगाउनुहोस् ।

– प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै ठीक हुन्छ । यो क्रम दोहोर्याएमा यस्तो समस्याबाट छिट्टै मुक्ति मिल्छ ।- एजेन्सीको सहयोगमा ।