काबुलमा बम बिष्फोट, चार चिकित्सकसहित पाँचको मृत्यु

काठमाडौं, अफगानिस्तानको काबुलमा भएको बम बिष्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिष्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै गरेका ती चिकित्सकहरुमाथि तालिवानी लडाकूहरुले आक्रमण गरेका थिए ।

बिष्फोटमा मृत्यु भएका एक जनाको पहिचान हुन बाँकी रहेको छ भने दुई जना घाइते भएको समाचारमा जनाइएको छ । विष्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको बताइएको छ ।आक्रमणमा केही निजी आवासिय भवन तथा पसलहरुमा क्षति पुगेको छ । पछिल्ला केही महिनायता काबुलमा लगातार आक्रमणका घटनाहरु भइरहेका छन् ।

ती आक्रमणहरु आईएसआर्ईएलको नेतृत्वमा भइरहेको समाचारमा जनाइएको छ । यसअघि गत शनिबार अफगानिस्तानमा रहेको अमेरिकी सेनाको शिविरमा भएको रकेट आक्रमणको जिम्मा सोही समूहले लिएको छ ।

नाटो सम्बद्ध अधिकारीहरुका अनुसार घटनामा मानविय क्षति भने भएको छैन । अफगानिस्तानमै पूर्वी शहर गजनीमा सोमबार बन्दुकधारीहरुले अफगानिस्तानका पत्रका, रहमतुल्ला नेकजादको हत्या गरेका थिए । त्यसको एक दिन अघि पनि काबुलमा भएको कार बम बिस्फोटमा नौ जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयका अनुसार सरकार र तालिवानी लडाकूहरुले कतारमा भएको वार्तापछि दशकौंदेखि जारी द्वन्द्व अन्त्यका लागि युद्ध विराम नहुँदा थप हिंसाका घटनाहरु बढ्न थालेको बताइएको छ । एजेन्सी