जन्मदिनको अवसर पारेर न्यानो कपडा तथा फलफूल वितरण

नेपालगन्ज, जन्मदिनको अवसर पारेर बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बृद्धबुर्दाहरुलाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको हो ।

पत्रकार तथा समाजसेवी किशोर बहादुर शाहीले बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बेवारिसे बृद्धबुर्दाहरुलाई न्यानो कपडा र फलफूल वितरण गरेका हुन ।

जन्मदिनमा गरिने फजुल खर्चलाई न्यूनिकरण र सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्मसाथ गर्दै नेपालगन्ज कारकादोमा रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बुद्धबुद्धाहरुलाई आफुले सहयोग गरेको शाहीले बताए ।  उनी समाजसेवी, पत्रकार तथा बेवारिसे पुर्नजिवन केन्द्र बाँकेका सल्लाकार समेत हुन ।