उपत्यकामा थप २८७ जनामा कोरोना पुष्टि

नेपालमा १ हजार २९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् ।

आज देशभर ७ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४१ हजार ३९२ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।